देश

नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्येष्ठ सदस्य एनके प्रसाईँले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

नेकपाले हाल २४९९ केन्द्रीय सदस्य बनाएको छ। काठमाडौंमा उपस्थित नभएका सदस्यहरूले भर्चुअल माध्यमबाट शपथ लिएका थिए।

पार्टीले सदस्यहरूलाई परिचयपत्र उपलब्ध गराउन १ हजार रुपैयाँ शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *