राजनीति

राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा संज्ञाको नाम समावेश थियो। तर उनले हिजो निर्वाचन आयोगमा पुगेर औपचारिक रूपमा नाम फिर्ता लिएको जनाइएको छ।

कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने संज्ञा पोखरेल पौडेल नेपाल महिला संघको राजनीतिमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *