देश

काँग्रेस विवाद समाधानका लागि लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरु

काठमाडौं। नेपाली कांग्रेसभित्र चुलिएको विवाद समाधानका लागि आज बिहानैदेखि लाजिम्पाटमा त्रिपक्षीय वार्ता सुरु भएको छ।

वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य रमेश लेखक र बालकृष्ण खाण सहभागी छन्। डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल सहभागी भएका छन्। साथै, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्य तथा विशेष महाधिवेशनका अभियन्ता गुरुराज घिमिरे र देवराज चालिसे पनि वार्तामा छन्।

विशेष महाधिवेशन पक्षधरको बन्द सत्र जारी रहेकै बेला वार्ता प्रक्रिया सुरु भएको हो। यसैबीच, संस्थापन पक्षले आजै केन्द्रीय समिति बैठक डाकेको छ। तर गगन थापा पक्षले उक्त बैठकमा सहभागी नहुने स्पष्ट गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *