देश

काँग्रेस विवाद समाधानका लागि आज विशेष महाधिवेशन पक्ष र संस्थापनबीच वार्ता

काठमाडौँ । नेपाली काँग्रेसको विवाद मिलाउन आज विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुने भएको छ ।

सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा विशेष महाधिवेशन पक्षधरलाई छलफलका लागि बोलाएपछि समिति नै बोलाएर वार्ता गर्न लागिएको हो ।

विशेष महाधिवेशन पक्षबाट गुरु घिमिरे, देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्तामा सहभागी हुने बताइएको छ भने संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने भनिएको छ ।आजै बिहान ११ बजे बस्ने गरि काँग्रेसको केन्द्रीय समिती बैठक बोलाइएको छ भने विशेष महाधिवेशन पक्षधरको बन्दसत्र ९ बजेदेखि शुरु हुदैछ ।

यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएका छलफल भने सकारात्मक नभएको बुझिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गर्न तयार नभएको बताइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *