देश

दिन दुःखीको सेवा नै मेरो प्रमुख कर्तव्य हो : मीना  थापा   

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जन्मिएकी मीना थापा पछिल्लो समय समाजसेवासँगै उद्यमशीलतामा अगाडी बढेकी छन् ।   निडर र संर्घषलाई कर्म मान्दै  महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि सक्रिय थापाले भूकम्पपछिको कठिन समयदेखि नै अनाथ तथा असहाय बालबालिकाका लागि मदर सिस्टर नेपाल अनाथालय सञ्चालन गर्दै आएकी छन् । हाल उक्त अनाथालयमा करिब ३०–३२ जना बालबालिका आश्रित छन् ।  उनका अनुसार मदर सिस्टर नेपाल अनाथालय  इन्द्रावती गाउँपालिका रहेको छ ।  

सानैदेखि समाजको सामाजिक–आर्थिक रूपान्तरणको सपना देखेकी  थापा स्थानीय स्तरमै महिला सशक्तीकरण, शिक्षा र सामाजिक जागरणका गतिविधिमा क्रियाशील रहँदै आएकी छन् । चुनौतीलाई चिर्दै अघि बढेकी थापाले आफ्नो  जिम्मेवारी सम्हाल्न कुनै कसर बाँकी नराखी नारीको रूपमा आफ्नो परिचय बनाएकी छन् ।  

  सानो व्यवसायीबाट उद्यमशीलतामा हात हालेकी मीनाले  लगभग ६० /७० जनालाई  प्रत्यक्ष रोजगारी दिँदै आएकी छन् । ब्युटिसियनको क्षेत्रमा शान्दार वातावरणमा उचित पारिश्रमिक दिएको र उनको इमानदारिता र प्रेरणाले आफूहरू सन्तुष्ट रहेको सो उद्योगमा कार्यरत कर्मचारीहरू गर्वका साथ बताउँछन् । काठमाडौँको सामाखुसी, चाबहिलको केएल टावर लगायत क्षेत्रमा उनको डायमन्ड ब्युटी हब  सञ्चालनमा रहेको छ । 

 यसका अलवा कलाकारिताको क्षेत्रबाट पनि थापालाई चिन्ने गरिन्छ । बुहुप्रतिभाकी धनी थापा  २०६० को दशकपछि  साङ्गीतिक यात्रामा होमिएकी हुन् ।  उनले आफ्नै रचना र स्वरमा विभिन्न एल्बमहरू सार्वजनिक गरिसकेकी छन् । यो सँगै  विभिन्न महोत्सव र प्रतियोगिताहरूमा निर्णायकको भूमिकामा थापालाई देख्न सकिन्छ । 

थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

समाजसेवा र व्यवसायलाई कसरी सँगै लिएर अघि बढ्नु भएको छ ?

गर्ने इच्छा भएपछि सँगै लान कुनै समस्या हुँदैन ,समयको व्यवस्थापन गर्ने हो ।  भूकम्पपछि अनाथालय सञ्चालन गर्दै, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै जाँदा धेरै समस्याको जड नीतिगत तहमा रहेछ भन्ने महसुस भयो, त्यसलाई चिर्दै अगाडी बढेको छु ।  समाज परिवर्तनका लागि नेतृत्वदायी भूमिका अपरिहार्य रहेछ भन्ने मलाई लागेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र क्याम्पसकाे  उपाध्यक्षजस्तो जिम्मेवारी पदमा  समेत रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको छु ।

 समाजसेवासँगै उद्यमशीलतासम्म आइपुग्दा कस्ता कठिनाइहरू तपाईँको जीवनमा आइ परे ?

सङ्घर्ष त सबैको जीवनमा हुन्छ । म कठिनाइ आयो भनेर डराउने मान्छे होइन । केही पाउन केही गुमाउनै पर्छ । आफ्नै लागि मात्र होइन, अरूका लागि पनि केही गर्नुपर्छ भन्ने इच्छाशक्तिले नै मलाई अघि बढाइरहेको छ । पारदर्शिता र अनुशासन मेरो पहिलो प्राथमिकता हो ।

सौन्दर्य व्यवसायमा पनि तपाईँले छुट्टै पहिचान बनाउनु भएको जस्तो छ नि ? 

शून्यबाटै सुरु गरेकी हुँ ,सुरुका दिनमा मलाई निकै गाह्रो थियो ।  मेरो फिल्ड दुई दशक अघिको हो ।, तर डायमन्ड ब्युटी हब भने चार–पाँच वर्षअघिबाट मात्रै  मात्र सञ्चालनमा ल्याएको छु  । काठमाडौँ महलबाट सुरु गरेर अहिले सामाखुसीमा दुई र चावहिलको केयल टाउवरको दोस्रो तलमा एउटा शाखा सञ्चालनमा रहेका छन्  । सङ्घर्षकै बिच यहाँसम्म आइपुगेकी हुँ  । आगामी दिन अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने सोचमा छु ।

साङ्गीतिक क्षेत्रमा तपाईँको योगदान कस्तो छ ?

एसएलसीपछि काठमाडौँ आएर सङ्गीतमा लागेकी हुँ । गाउनेभन्दा पनि लेखनमा रुचि थियो । आफ्नै ८–१० वटा एल्बम छन् । अहिले निरन्तरता दिन नसके पनि महोत्सवहरूमा निर्णायकको भूमिका निभाइरहेकी छु । कलाकारिताबाट पूर्ण रूपमा टाढा भने भन्न मिल्दैन ।

समाजसेवासँगै उद्यमशीलतासम्म आइपुग्दा धेरै अनुभव बटुल्नु भएको छ , समाज परिवर्तनको विषयमा तपाईँको धारणा कस्तो छ ?

विभिन्न कालखण्डमा केही न केही परिवर्तन त हुन्छ नै भयो पनि,व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन हुन सकेको छैन् । दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी अझै दयनीय छ । सरकारी अस्पतालको अवस्था हेर्दा पीडा लाग्छ । अब परिवर्तन कागजमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ ।

,देशलाई हाँक्नलाई पारदर्शिता,अनुशासित,नयाँ विचारलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन सक्ने नेतृत्व चाहिन्छ जुनसुकै फिल्डमा पनि । जनताका लागि सोच्ने खालको नेतृत्व चाहिएको छ ।   नागरिकहरूले सोही अपेक्षा गरिरहेका छन् । देशमा व्याप्त भ्रष्टाचार,हत्या ,हिंसा,अन्याय, न्याय सम्पादनमा विभेद,धनी र गरिबबिचको खाडल दिनदिनै बढिरहँदा,नेपालीहरू आफ्नो परिवार पाल्नका लागि,दुई छाक टार्नका लागि वैदेशिक रोजगारीमा होम्मिु प¥यो । नातावाद,कृपावाद,दलाली बढ्यो। नागरिकहरू अरूको देशमा बेचिन बाध्य छन् । बाध्य पारियो । यसको अन्त्य गर्न सबै क्षेत्र जिम्मेवार बन्नुपर्छ ।

ग्रामीण विकास सहरी क्षेत्रको जतिको बन्न सकेको छैन,सोही कारण ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र सर्नेको सङ्ख्या बढ्दो छ । अब आउने नेतृत्वले युवाको समस्या,देशको समस्या,देश विकासको रोड म्याप तयार पारेर सफल पार्न सकौँ, युवा पुस्ताले नयाँ वैकल्पिक शक्तिहरूलाई देश निर्माण गर्न उदाएको शक्तिका रूपमा हेर्न सक्ने,विश्वास गर्न सक्ने, अन्य देशको तुलनामा नेपालको विकासलाई पनि वैधताका साथ अघि बढाउन सकौँ, सक्नुपर्छ ।

अबको समाज,नागरिकको सामाजिक आर्थिक स्तरमा सुधार होस्,एक छाक टार्नलाई विदेशमा गएर हड्डी घोट्न नपरोस्,नेपाली नागरिकहरूले आफ्नै देशमा काम गरेर दुई छाक राम्रो खाएर ,लगाएर,शिक्षा दिक्षा राम्रै लिन सक्नेचाँही बनोस् । म आजको भोली नै स्वीजरल्याण्ड हुन्छ भन्न त सक्दिँन, आजको भौली नै सबै कायापलट होस,भन्न त सकिन्न । विकास र सकारात्मक परिवर्तनका लागि समय लाग्छ नै । तर लामो समय नलागोस् ।

आफ्नो परिवार धान्नकै लागि मात्रै विदेश जान नपरोस्,नेपालमा नै रोजगारीका अवसरहरू पर्याप्त सिर्जना गर्न सकौँ । सरकारले पनि सोही अनुसार काम गर्नुपर्छ । ठुला–ठुला देश युरोप अमेरिका ,अस्ट्रेलिया गएर उतै बस्नेलाई त रोक्न सकिँदैन ,तर दुई छाक टार्न र आफ्नो परिवार धान्नकै लागिचाँही नागरिक बेचिनु नपरोस् । यतिचाँही परिवर्तन आओस् ।

कति दुर दराजका जिल्लाहरुमा अहिले पनि शिक्षा,स्वास्थ्य,यातायात,रोजगारी भोकमारीको अवस्था छ । सरकारी अस्पतालहरुमा पर्याप्त सेवा सुविधाहरु छैनन्, उपचारका लागि लाखौँ खर्च गरेर ऋण लिएर उपचारका लागि ठुला–ठुला सहरमा जानुपरेको अवस्था छ । बिरामीहरूले बेलामा सिटामोल समेत खान सकेको छैनन्, भोक लागेको बेला कतिपय नागरिकहरूले हातमुख जोड्न सकेका छैनन् । कति बिरामीहरू उपचार नपाएर छटपटाइ रहेको अवस्था छ।  सरकारी अस्पताल,वीर अस्पताल,टिचिङ अस्पताल ,क्रान्ति अस्पतालमा हेर्न जाँदा प्रस्ट हुन्छ । बिरामीलाई अस्पताल लैजाँदा त्यहाँ खाने व्यवस्था पनि छैन उपचार पनि भने जस्तो छैन, अकालमा ज्यान गुमाउन बाध्य छन् नागरिकहरू । देशमा विगतदेखि देखिएका समस्या समाधान गर्न सबै उतिकै जिम्मेवार,नैतिकवान्,पारदर्शी र कर्तव्यनिष्ठ भएर सकारात्मक परिवर्तनका लागि अघि बढ्नु जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *