राजनीति

नेकपा दाहालको घोषणा: निर्वाचनमा युवालाई प्राथमिकतामा राख्दै उम्मेदवार बनाइने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन्।

आईतबार जेनजी रेडफोर्सले आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार बनाउने योजना रहेको जानकारी दिए। उनले पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको बताए।

साथै, दाहालले जेनजी रेडफोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने उल्लेख गर्दै, भ्रातृसंस्थाहरूले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादी शैली नअपनाउन निर्देशन दिएको जानकारी दिए। उनले अब सबैले माओवादी होइन, नेपाली कम्युनिष्ट पार्टीको स्प्रिट अनुसार काम गर्नुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *