देश

विशेष महाधिवेशनले नयाँ उर्जा र रोडम्याप लिएर गाउँ फर्किन्छौँ: करुणा कटुवाल

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताइन् । उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन् ।

विशेष महाधिवेशन काँग्रेसको निकासको लागी मात्रै नभई देशकै निकास निकाल्नको लागी आवश्यक भएको बताइन् ।काँग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उनले उल्लेख गनिर् । उनले भनिन् ‘नेपाली काँग्रेसलाई मात्रै निकाश होईन देशको निकासको लागी यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागी यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होईन, कुनै तिक्तताको लागी होइन ।

कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन । यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होईनौँ । हामी नेपाली कांग्रेसको दिशा निर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’

उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *