काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको काँग्रेसको विशेष महाधिवेशनलाई महामन्त्रीद्वय थापा र शर्माले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
बिहान ११ बजेदेखि काठमाडौंका विभिन्न ठाउँबाट निस्किएका झाकी सहितका र्यालीहरू भृकुटीमण्डमा प्रवेश गरिरहेका छन् ।
विशेष महाधिवेशन स्थलमा पूर्वसभामुख तारानाथ रानाभाट पनि पुगेका छन् । त्यसैगरी कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको उद्घाटनमा पुगेका छन् ।




