काठमाडौँ । धनुषा मिथिला नगरपालिका– २ स्थित सुकजोरस्थित सन्त रामपाल आश्रम अगाडि झडप भएको छ ।
जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् ।
उक्त झडप नियन्त्रणमा लिने क्रममा १६ सेल अश्रुग्याँस प्रहार गरिएको धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी गणेश बमले जानकारी दिए ।
स्थानीयहरूले जनकपुर ढल्के सडक पनि अवरुद्ध गरेका छन् भने सखुबा महेन्द्रनगरस्थित औरही पुलमा एक एम्बुलेन्समा पनि तोडफोड गरेका छन् ।




