काठमाडौं । कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेका तीन मन्त्रालयको कार्यभार तोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई तोक्नुभएको शीतल निवासले जनाएको छ ।
राष्ट्रपतिबाट कार्यभार तोकिएसँगै ती मन्त्रालयहरूको नियमित कामकाज सञ्चालनमा आउने विश्वास लिइएको छ ।





