देश

झुट्टा बोलपत्र सूचना प्रकरण: गाउँपालिका अध्यक्षसहित चार जनामाथि मुद्दा

काठमाडौँ । पर्सा, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसहित चार जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।आज विशेष अदालत, काठमाडौँमा उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिका अध्यक्ष मनोज कुमार एवं कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह तथा लेखापाल संजय पटेल तथा के.एस. मल्टिपर्पोज प्रा.ली. वीरगंजको सञ्चालक कमल उपाध्याय माथि मुद्दा दर्ता गरिएको हो ।

सूचना विवरण लुकाउने मनसायले बोलपत्र आह्वानको झुट्टा सूचना मिति २०७९–११–१९ गते सौर्य दैनिकमा प्रकाशित गरी सो बापत के.एस.मल्टिपर्पोज प्रा.ली.वीरगंज,पर्सालाई रु १,९५,४९० भुक्तानी गरी चार लाख उनन्तीस हजार चार सय भुक्तानी गरे गराएको देखिँदा उनीहरूलाई सजायको मागदाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *