राजनीति

महन्थ ठाकुरले दर्ता गरे उम्मेदवारी

जनकपुरधाम । राष्ट्रिय सभाको निर्वाचनका लागि लोसपा नेता महन्थ ठाकुरले मनोनयन दर्ता गरेका हुन् ।

जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर ठाकुरले काँग्रेस-एमाले र जसपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा जैनुल राइन रहेका छन् भने समर्थकमा रानी शर्मा तिवारी रहेका छन् ।

ठाकुर नेतृत्वको लोसपाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गर्ने यस अघि नै घोषणा गरिसकेको छ । सोहि अनुसार चुनावी तालमेलमा जसपा नेपालले पाएको एक सिटमा ठाकुरलाई उम्मेदवार बनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *