देश

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बैतडी। खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *