देश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

बैठक आज बिहान ९ बजे बस्ने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।यसअघि मंगलबार बसेको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेकपा र जसपा नेपालसँग तालमेल गर्ने निर्णय गरेको थियो ।

आज १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आजको बैठकले दलहरुसँग सहमति भएको क्लस्टर अनुसार उम्मेदवार चयन गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *