मुख्य समाचार

कांग्रेस सानेपा कार्यालयमा विशेष महाधिवेशनपक्षको दबाब, कांग्रेस संस्थानमाथि हमलाकाे प्रयास

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगेका नेता विमलेन्द्र निधि र पार्टी कार्यालयबाहिर प्रदर्शनरत समूहबीच मंगलबार चर्काचर्की देखियो। भिडन्तको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पार्टीभित्रको आन्तरिक तनाव फेरि सार्वजनिक हुँदै गएको छ। विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेस संस्थापनपक्षलाई धाँक धम्की र तनाब दिएर पार्टीभित्र विद्रोह सिर्जना गराएर कांग्रेसलाई कम्जोर बनाउने कांग्रेसइतर समुहका जेनजी समुहहरु रहेका छन् । उनीहरुले दलका शीर्ष नेताहरुलाई गाली ग्लोज गर्दै आएका छन् । महामन्त्री गगन थापा समुहले विभिन्न समुहमा गरेको खुलासा र हिजोका दिनमा गरिएका टिप्पणीहरु पुष्टि हुन थालेका छना् ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने, “हामीसँग कुनै औपचारिक कार्यक्रम थिएन। विशेष पक्षधरले सानेपा घेराउ गरेको छैन। यस घटनामा व्यक्तिगत स्वस्फूर्त व्यवहार मात्र सामेल भएको हो।” तर आलोचकहरूले यो दाबीलाई पार्टीभित्रको रणनीतिक दबाबको मास्क भएको टिप्पणी गरेका छन्। आचार््यले सोक कुरा उल्लेख गरेपनि भिडियोमा प्रष्ट भिड र दबाब र आक्रोसको क्रियाकलापहरु गरिएको प्रष्ट देखिन्छ ।

राजनीतिक विश्लेषकहरूको मत अनुसार, यस प्रकारको भिडन्तले कांग्रेसको आन्तरिक संस्थानमाथि दबाब र कमजोर पारदर्शिताको संकेत दिन्छ। नेताहरूको प्रवेश र प्रदर्शनकारीको भिडन्तले देखाएको कुरा के हो भने पार्टीभित्रको शक्ति सन्तुलन चुनौतीपूर्ण अवस्थामा छ र आगामी महाधिवेशनमा यसले व्यापक प्रभाव पार्न सक्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *