देश

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं । गृह मन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

उनले दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत उपस्थित हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *