देश

पूर्व सभामुख कृष्णबहादुर महरासँग अख्तियारले लियो बयान

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ ।

भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा अख्तियारले बयान लिएको स्रोतले जानकारी दियो ।

महरा बयान दिन बिहीबार महरा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

उनीसँग सुन तस्करी प्रकरणमा तत्कालीन भन्सार प्रमुख र अन्य कर्मचारीहरूसँगको भनसुनको बारेमा सोधपुछ गरिएको हो ।

यसअघि महरा यसै प्रकरणमा पक्राउ परेका थिए र पछि धरौटीमा रिहा भएका थिए । उनका छोरा राहुल महरा पनि यस मुद्दामा पक्राउ परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *