काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी रहेको हो।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी रहेको बताइन् ।
बैठक दिउँसो १ बजेका लागि तय गरिएको भए तापनि आधा घण्टा ढिलो गरी सुरु भएको हो । यस बैठकको मुख्य एजेन्डा आगामी असोज २६ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा निर्धारण गर्ने रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई गत भदौ २४ गते जनमुखी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित उनको निवासबाट बाहिर निकालेर कुटपिट गरिएको थियो ।
कुटपिटबाट देउवालाई गहिरो चोट लागेको थियो र उनको गर्दनमा १२ वटा टाँका लगाइएको थियो । घाउ अझै पूर्ण रूपले निको नहुँदा देउवा आजको बैठकमा उपस्थित हुन सकेनन्



