देश

विपद् जोखिम न्यूनीकरणको बैठक सिंहदरबारमा

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक आज सिंहदरबारमा बसिरहेको छ।

परिषद्का प्रवक्ता शान्ति महतका अनुसार बैठक केही दिनअघिका मनसुनजन्य विपद्‌का खोज, उद्धार र राहत कार्यको समीक्षामा केन्द्रित हुनेछ। साथै, आवासविहीन परिवारका लागि अस्थायी आवास निर्माण र राहत वितरणका सम्बन्धमा निर्णय हुने सम्भावना रहेको बताइयो।

बैठकमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत मन्त्रीहरूको सहभागिता छ।

बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरिने तयारी गरिएको परिषद्ले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *