देश

प्रधानमन्त्री कार्की आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। त्यसका लागि आन्तरिक छलफल जारी रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री बन्ने सम्भावित नाममा  ओमप्रकाश अर्याल ,बालानन्द शर्मा र कुलमान घिसिङलगायतको चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन। अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन्।

यसबीच, प्रधानमन्त्री कार्कीले शनिबार ‘जेन–जी’ आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई काठमाडौंका विभिन्न अस्पतालमा भेटेकी छन्। उनले बानेश्वर, महाराजगञ्जलगायतका स्थानको अवलोकनसमेत गरेकी थिइन्।

‘जेन–जी’ आन्दोलनका क्रममा काठमाडौंसहित देशभर आगजनी, तोडफोड र लुटपाट हुँदा शीतल निवास, बालुवाटार, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचना क्षतिग्रस्त भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *