देश

एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा

काठमाडौँ । प्रदर्शनकारीले नेकपा (एमाले)का सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुङ्गामुढा गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई निशाना बनाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *