राजनीति

प्रचण्डद्वारा मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे चासो

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिन वैद्य निवास पुगेका छन्।

अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेका वैद्यको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको प्रचण्डले जानकारी दिएका छन्। भेटपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *