देश

ललितपुर महानगरको बजेट: ६६ प्रतिशत पूर्वाधार विकासमा, कुल बजेट ७ अर्ब ४७ करोड

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वाधार विकासका लागि बिनियोजन गरिएको जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार बिकासका लागि बिनियोजन गरेको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी बिकास, सम्पदा संरक्षण र राजकुलो, ढुङ्गेधारा इनारपोखरी तथा हरियाली प्रवद्र्धन रहेको छ ।

महानगरले सामाजिक विकासका लागि कुल बजेटको २८ प्रतिशत, विपद व्यवस्थापनका लागि ६ प्रतिशत, सुशासन तथा अन्य क्षेत्रका लागि ३ प्रतिशत र आर्थिक बिकासका लागि ८ प्रतिशत बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्म कूल खर्च ६८ दशमलव १४ प्रतिशत पुगेको पनि प्रमुख महर्जनले जानकारी दिए ।

सोहि अवधिमा राजस्व संकलन ७५ प्रतिशत र बेरुजु शुन्य दशमलव ५२ प्रतिशत रहेको महानगरले जनाएको छ । महानगरले आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जसमध्ये पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको छ भने प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार रुपैयाँ र सामाजिक सुरक्षा र ससर्त अनुदानमा १ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *