
भद्रपुर (झापा)।झापाको कमल गाउँपालिका–३ सानो केर्खास्थित पूर्वपश्चिम राजमार्गमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुने व्यक्ति सशस्त्र प्रहरी बल नेपाल (बिओपी) इलाममा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) पुरनलाल राजवंशी हुन्।
बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र–१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए।