देश

हुम्लाकाे नाम्खामा पुग्याे राहत सामग्री

काठमाडौं । ‎हिमताल फुटेर आएकाे बाढी/ पहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका -६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ।

‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएकाे जानकारी दिए ।

‎उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १/१ क्वीन्टल भुजा, चिउरा, १० पाेकेट चिया पठाइएकाे छ।

‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए।चारवटा त्रिपाल र १० बाेरा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकाेटबाट हामीले गाडीमा सामान पठाएकाे हाे, सामान पुगिसकेकाे छ ,’ उनले भने ।

‎तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँवासी खाेलापारी फाँटमा बसिरहेका छन् ।

‎बाढी/पहिराेले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएकाे थियाे । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञकाे टाेली हुम्ला पठाइएकाे बताउनु भयाे । उनका अनुसार घटनाकाे अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्ताेला, माैसमविद् साैहाद्र जाेशीसहित विपद् प्राधिकरणकाे टाेली हुम्ला पठाइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *