देश

नौ दिनको ब्रेकपछि लाइसेन्स प्रिन्ट पुनः सुचारु ,सेवाग्राहीको राहत

काठमाडौं । प्राविधिक कारणले नौ दिनसम्म रोकिएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ कार्य अन्ततः फेरि सुरु भएको छ। वैशाख २५ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छपाइ प्रक्रिया यातायात व्यवस्था विभागले पुनः सञ्चालनमा ल्याएको हो।

विभागका अनुसार, प्रिन्टर बिग्रिएपछि सेवा स्थगित गरिएको थियो। तर, विदेश जाने नागरिक, शान्ति सैनिक, सुरक्षाकर्मी र गैरआवासीय नेपालीहरूका लागि आवश्यक परेमा सीमित रूपमा छपाइ कार्य जारी राखिएको थियो।

अब भने सबै सेवाग्राहीका लागि लाइसेन्स प्रिन्ट नियमित रूपमा सुरु भएको विभागले जनाएको छ। विभागका अनुसार जेठ ३ गते शनिबारदेखि प्रिन्ट भएर तयार भएका लाइसेन्सहरू संकलन गर्न सकिनेछ।

लाइसेन्स छपाइ जस्तो आधारभूत सेवा बारम्बार अवरुद्ध हुनु सरकारी सेवाको प्राविधिक पूर्वाधारप्रति प्रश्न उठाउने विषय हो। यस्तो अवरोधले हजारौं सेवाग्राही प्रभावित हुने हुँदा सरकार र सम्बन्धित निकायले दीर्घकालीन समाधान र वैकल्पिक प्रणालीको विकासमा ध्यान दिन जरुरी छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *