राजनीति

सरकार र प्रतिपक्षबिच न्यूनतम बुझाइको जरुरी : कानूनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबिच न्यूनतम बुझाइको जरुरी रहेको बताएका छन् ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थास् चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको बताए । उनले सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको बताए । राम्रा कुराहरूको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।

मन्त्री चौरसियाले भने ‘अहिले व्यापार प्रवर्द्धनका लागि, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि, सात दिनभित्र कुनैपनि फाइल कुनैपनि सरकारी जुनसुकै पदाधिकारीको टेबुलमा सात दिन बढी नरहोस् भन्ने र राजश्वको मुद्दा लागेका कतिपय व्यक्तिहरू सतप्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थाको कारण अपिल गर्न पाइरहेका थिएनन्, थुनामा थिए । भाग्न बाध्य थिए । त्यस्ता राम्रा राम्रा कानुनहरू संशोधन अध्यादेशमार्फत गर्दा कति विरोध भयो ? यो सिस्टम हामी यस्तै काम गर्दै गयौँ भने बलियो हुन्छ ? हामी सबैको दायित्व होइन, सिस्टम बचाउने ?, सिस्टम बलियो गर्ने ? एउटा मिनिमम अण्डरस्ट्याडिङ त सरकार र प्रतिपक्षको बीचमा हुनुपर्छ नि । बोल्ने बेलामा जथाभाबी बोल्ने, अनि राजावादीहरूले यो सब खत्तम भयो । केही पनि विकास निर्माण भएन, आज गाउँ गाउँमा पुल बनेको छ । प्राकृतिक प्रकोपका कारणले जति क्षति हाम्रो देशभित्र भइरहेको छ, सायद दुनियाँको कुनै देशमा भएको छैन । हाम्रो भौगोलिक बनावट नै यस्तो छ । त्यसकारण हामी सबै सचेत भएर बोल्नुपर्छ ।’

मन्त्री चौरसियाले लोकतन्त्रको विरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *