देश

सरकारी सहमतिपछि चुलियो असन्तुष्टि , विद्यालय कर्मचारी आकस्मिक छलफलमा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको ९ बुँदे सहमतिपछि विद्यालय कर्मचारीहरू असन्तुष्ट बनेका छन्। बिहीबार सहमतिबारे जानकारी दिन काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनीहरूले खुलेर विरोध जनाए।

कार्यक्रममा आफ्ना माग बेवास्ता गरिएको भन्दै कर्मचारीहरूले नाराबाजी गरेपछि अहिले नेपाल विद्यालय कर्मचारी परिषद्का सदस्यहरू आकस्मिक छलफलमा जुटेका छन्। सोही विद्यालय परिसरमा छलफल जारी रहेको छ।

कर्मचारीहरू आफ्ना मुद्दा—जस्तो कि सञ्चित बिदा, तलबमान र श्रेणीकरण—सहमति पत्रमा उल्लेख नभएको भन्दै आक्रोशित छन्। उनीहरूले आगामी रणनीति तय गर्न समीक्षा र परामर्शका लागि आन्तरिक बैठक जारी राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *