देश

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा

काठमाडौं । सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । वडा नम्बर ५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यले बताए ।

पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले बताए । आगामी चैत १७ गतेबाट हुने विष्णु महायज्ञको लागि दीपक मरिक (डोम) को घर गत फागुन १० गते भत्काएका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *