राजनीति

काँग्रेसले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने

काठमाडौंं । नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।

आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् ।

उनले युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताइन् । सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने उनले जानकारी दिइन् ।

उनले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *