राजनीति

सुकुटे पुगे प्रचण्ड, भोलि फर्किने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

२०८१ पुस २९ गते साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् ।

सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए ।

भोलि हुन गइरहेको सातौ महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *