हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जको टोलीले गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न हेटौंडामा हवाई फायर गरेको छ ।
खाग तस्करको टोली हेटौंडामा रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सेनाले हेटौंडा – ५ गर्दैइ क्षेत्रमा ५ राउन्ड हवाई फायर गरेको हो ।
निकुञ्जमा कार्यरत सेनाको टोलीले हवाई फायर गरि एकजना तस्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक (एसपी) विश्वराज खड्काले बताए।




