देश

निर्माण व्यवसायीलाई दिनुपर्ने बक्यौता तीन अर्ब भन्दा बढी छैन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले निर्माण व्यवसायीलाई तीन अर्ब भन्दा भुक्तानी दिन बाँकी नरहेको बताएका छन् । मन्त्री दाहालले शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह उपस्थित कार्यक्रममा सरकारले व्यवसायीको बक्यौता निरन्तर भुक्तानी गरिरहेको र अब तस्न अर्ब मात्र बाँकी रहेको बताए । उनले बाँकी रकम पनि केही दिनमै भुक्तानी दिइसक्ने बताएका छन् ।

‘अहिलेसम्माम हामीले पहुँचका आधारमा माथिल्लो तहबाटै योजना छनोट गर्ने गरेका छौं । यसले काम हुन सकेन ।त्यसैले अब तलबाट योजना छनोट गर्ने विधि आवश्यक छ,’ उनले भने, ‘योजना छनोटमा सुधार आवश्यक छ ।’ उनले प्राथमिमकताका आधारमा छनोट गरेर काम गरे मात्र निर्माण क्षेत्रमा समस्यामा कमी आउने बताए ।

‘योजना छनोटमा सरकारकै कमजोरी छ। आयोजना बैंकलाई बेवास्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘प्राथमिकताका आधारमा आयोजना छनोट गर्न जरुरी छ । आयोजना मुलुकलाई प्रतिफल दिने खालका, उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ ।’ मन्त्री दाहालले निर्माण व्यवसायीसँग छलफल गरेर रुग्ण आयोजनाको विषयलाई टुङ्गोमा पुर्‍याउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *