देश

दोब्बरले बढ्यो एकल महिलाको जनसंख्या

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा १२ प्रतिशत घर परिवारमा कम्तीमा एक जना विधवा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना–२०७८ मा उल्लेखित तथ्याङ्कमा आधारित ‘नेपालमा एकल महिला’ शीर्षकको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले १२ प्रतिशत घरमा कम्तीमा एक विधवा र दुई प्रतिशत घरपरिवारमा विधवा बाहेकका एकल महिला रहेको उल्ल्लेख छ ।

त्यस्तै, कम्तीमा एक विधवा महिला भएका घरपरिवार सुदूरपश्चिममा १४ प्रतिशत छन् भने कर्णाली प्रदेशमा ११ प्रतिशत छन् । प्रतिवेदनले ३५ वर्ष वा सोभन्दा माथिका विवाह नगरेका महिला, विधवा, पारपाचुके र भिन्न बसेका महिलालाई एकल महिला भनी परिभाषित गरेको छ । यसमा समग्र एकल महिलाका साथै विधवा महिलाको समेत छुट्टछुट्टै अवस्था विश्लेषण गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग९सिडीपिएस० का विज्ञहरुको समूहले एकल महिला समूह (डब्ल्युएचआर) सँगको सहकार्यमा तयार गरिएको यो प्रतिवेदन विगतका जनगणना र सर्वेक्षणहरुका साथै संयुक्त राष्ट्रसङ्घले तयार गरेको जनगणनासम्बन्धी विभिन्न सिफारिसलाई समेत मनन गरी तथ्याङ्कको तुलनात्मक विश्लेषणका आधारमा तयार गरिएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं एकल महिला समूह (डब्ल्युएचआर) का संस्थापक अध्यक्ष लिलि थापाले एकल महिला र विधवा महिलाको तथ्याङ्गत तुलना भए पनि त्यसलाई टेकेर अधिकारको दृष्टिबाट अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *