देश

तारकेश्वरमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

सवारी एकआपसमा ठोक्किँदा अन्य केहि यात्रु समेत घाइते भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । थप विवरण आइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *