देश

नेपाल–भारत सीमा सुरक्षामा दुई देशबीचको खुला सीमालाई व्यवस्थित गर्ने निर्णय

काठमाडौं । नेपाल र भारतका सीमा सुरक्षासम्बद्ध सुरक्षा अधिकारीहरूको बैठकमा दुई देशका साझा मद्धाका विषयमा साझा धारणा बनाउने निर्णय भएको छ । काठमाडौंमा सोमवार सम्पन्न एउटा समन्वयात्मक बैठकले दुई देशबीचको खुला सीमालाई व्यवस्थित बनाउनेबारे विभिन्न निर्णयहरू गरेको अधिकारीहरूले बताएका छन्।

बैठकमा सहभागी हुन नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल (एसएसबी) प्रमुख अमृत मोहन प्रसाद शुक्रवार काठमाडौं आएका थिए । बैठक सकेर उनीहरु भारत फर्किसकेका छन् । बैठकमा नेपालका तर्फबाट सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले वार्ताको नेतृत्व गरेका थिए।

सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी र नापी विभागलगायत निकायका अधिकारीहरू समेत सहभागिता जनाएका थिए । नेपाली अधिकारीहरूले उक्त बैठकमा अधिकांश पहिले नै तय भएका विषयहरूमा कुराकानी भए पनि थप अन्य विषयमा समेत छलफल भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *