देश

सवारी दुर्घटनामा एक विद्यार्थीको मृत्युपछि स्थानीयले लगाए बसमा आगो

काठमाडौं । कोशी राजमार्गको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको ज्यान गएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले दर्जन सेल अँश्रु ग्यास प्रहार गरेको छ ।

काकडभिट्टाबाट विराटनगर आउँदै गरेको प्रदेश १ -०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायात बसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएको हो । बसको ठक्करका कारण यादवको घटनास्थलमा ज्यान गएको छ ।

ठक्कर दिएर भाग्न खोजेको बसलाई स्थानीयले खनार चौकमा नियन्त्रणमा लिएर आगो लगाएका छन् । सोही क्रममा भीड नियन्त्रण गर्ने खोज्दा एक जना प्रहरीसमेत घाइते भएका छन् । बस चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *