मुख्य समाचार

नेपाली कांग्रेसका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

काठमाडौं।नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुङ्गिएको एक नेताले बताए।

पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीसहित बसेको उक्त बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा छलफल भएको थियो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने योजना थियो।

महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलिसी’ लगायत विषय उल्लेख छ।

तर महामन्त्रीद्वयको प्रतिवेदनमाथिको छलफल टुङ्गो लाग्न नसकेपछि आइतबार फेरि बैठक डाकिएको ती नेताले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *