देश

नेकपा एसको निर्वाचन : आजै मत गणना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा २२ जना अनुपस्थित भएका छन् । ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ । मतदान सकिएपछि पदाधिकारीको मत गणना आजै हुँदैछ भने पोलिटब्युरो सदस्यको भोलि गणना हुने जनाइएको छ ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियो । महिला उपाध्यक्ष एक पदका लागि जयन्तीदेवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । मधेसी समुदायको उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

खुला चार उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । चार उपमहासचिव पदमा लक्ष्मण केसीलगायत २० जनाको उम्मेदवारी परेको छ । नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *