देश

परराष्ट्रमन्त्री राणाको घर अगाडि शंकास्पद बस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

धनगढी । धनगढीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको राणा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो।

एक झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो। बिहान करिब ७ बजे सेनाको टोलीले डिस्पोज गरेको धनगढी प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *