देश

खोटाङ : संस्थागत क्षमता स्वमूल्यांकनमा हलेसी तुवाचुङ तुवाचुङ नगरपालिका अब्बल, दोस्रोमा दिप्रुङ चुइचुम्मा गाउँपालिका

काठमाडौं । खोटाङको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ तुवाचुङ नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा अब्बल बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९\८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा हलेसी तुवाचुङ तुवाचुङ नगरपालिका ८३ अंक प्राप्त गरेर रुपाकोट मझुवागढी भन्द बब्बल बनेको छ भने रुपाकोट मझुवागढी नगरपालिकाले ६६ अंक प्राप्त गरेको छ । यस्तै आठवटा गाउँपालिकामध्ये दिप्रुङ चुईचुम्मा नगरपालिका अब्बल बनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ८० अंक प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चात सार्वजनिक गरेको प्रतिवेदन अनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।

जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए । स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको भएपनि मन्त्रालयले हिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *