देश

बझाङमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता, ५ जनाको उद्धार

बझाङ।बझाङमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन्। आइतबार राति बुङ्‍गल नगरपालिका –१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्।

बिरा धामीको घर माथिबाट पहिरो खस्दा उनका श्रीमती, बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।

९ सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घरमा क्षति पुगेको हो। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जीवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता छन्।
बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र ऊनीहरू सकुशल रहेका स्थानीयले जनाएका छन्।

काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्। उनीहरूको खोजी भइरहेको स्थानीयले बताए।

उद्धारका लागि अहिले बुङ्‍गल मै रहेको प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *