देश

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी के भन्दैछन् ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।

आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा घिसिङले पत्रकार सम्मेलन गर्दै आफूले गरेका कामको चर्चा गर्न लागेका हुन् ।

दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

संसद्को सार्वजनिक लेखा समितिले मागेको आधारमा हिजो मात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो ।

लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *