विश्व

यह्या सिनवर बने हमासको नेता

काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमासले यह्या सिनवरलाई आफ्नो नयाँ नेता चयन गरेको छ । गत बुधबर यसअघिका नेता इस्माइल हानियाको हत्या भएपछि हमासले सिनवरलाई नयाँ नेता बनाएको हो ।

कतारको दोहामा दुई दिन चलेको हमासको बैठकमा ६१ वर्षीय सिनवर एकमतले नेता चयन भएका हुन् । सिनवरलाई संगठनको सबै मामिलाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । उनी २०१७ देखि गाजा क्षेत्रको हमासको नेताचयन भएका थिए । अब उनी यसको राजनीतिक विङको समेत नेता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *