देश

बागमतीमा आज कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै

काठमाडौं।बागमतीमा आज कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार ४८ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।

सोहीअनुसार कांग्रेस–एमालेले लामालाई मुख्यमन्त्रीमा अघि सार्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बताए । बागमतीमा कांग्रेस, एमालेको प्रस्ट बहुमत छ । मुख्यमन्त्री कार्यालयसहित १३ वटा मन्त्रालय रहेकामा दुवै दलबाट सात–सात मन्त्रालयमा दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *