विश्व

चट्याङले १०० भन्दा बढीको मृत्यु

काठमाडौं । उत्तर भारतमा चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको प्रतापगढमा मात्रै ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । यस्ता घटनामा बिहारमा मात्रै ५४ जनाको मृत्यु भएको छ । यस्तै उत्तर प्रदेशमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । कैयौं मानिस घाइते भएका छन् । उत्तर प्रदेशको प्रतापपुरमा १२, सुल्तानपुरमा ७ र चन्दौलीमा ६ जनाको मृत्यु भएको छ भने प्रयागराजमा चारजनाले ज्यान गुमाएका छन् ।

यस्तै झारखण्डमा ३५ जनाको मृत्यु भएको छ । यसैबीच पश्चिम बंगालको मुर्शिदाबादमा हिजो दिउँसो एक विद्यालयमा चट्याङ पर्दा १५ बालबालिका गम्भीर घाइते भएका छन् । ठूलो आवाजसहित बिजुली चम्किँदा बालबालिका घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *