विश्व

संयुक्त राष्ट्रसंघद्वारा निर्मित विद्यालयमा इजरायलको आक्रमण

काठमाडौं । इजरायली सेनाले दक्षिणी गाजाको खान युनिसस्थित अबासन क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघद्वारा निर्मित विद्यालयमा हवाई हमला गर्दा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५८ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या भने बढ्न सक्ने अनुमान गरिएको छ ।

इजरायली सेनाले चारमा दिन चौथो पटक विद्यालयलक्षित आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले खान युनिसमा आफ्नो आक्रमणलाई तीव्रता दिएपछि त्यहाँ रहेका हजारौं प्यालेस्टिनी विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघी मानव अधिकार निकायले इजरायली सेनाको जारी आक्रमणप्रति आपत्ति जनाउँदै आक्रमण रोक्न आग्रह गरेको छ ।

हमासले पनि इजिप्टको कायरोमा इजरायलसँग हुने युद्धविरामसम्बन्धी वार्ता प्रभावित हुने चेतावनी दिएको छ । प्योलस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी आक्रमणकै कारण गाजामा मानवीय सहयोगमा कठिनाइ आइरहेको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *