मुख्य समाचार

केपी ओलीकै नेतृत्वमा सरकार गठन हुन्छः सचेतक लेखक

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने बताएका छन् । आज (शनिबार) पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ,’– उनले भने ।

संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिलाई समर्थन गरेको उनले बताए ।

नेता लेखकले पहिलो चरणमा ओली र दोस्रो चरणमा सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने गरी कांग्रेस–एमालेबीच भएको सहमति कार्यान्वयनको पक्षमा बैठकले दृढता व्यक्त गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *