काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।
सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।




