
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मकाउ पठाउने भन्दै पटक–पटक गरी २ लाख ७० हजार रुपैयाँ ठगी गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका वडा नं . ०३ महाराजगंज बस्ने बैजनाथ सिग्देलको छोरा ५३ वर्षीय पृथ्वी राज सिग्देल रहेका छन् ।
उनले वैदेशिक रोजगारीमा मकाउ पठाइदिने र मकाउ जानका लागि प्रतिव्यक्ती नौँ लाख लाग्ने र मकाउ पुगेपछि एक प्र्रतिष्ठित कम्पिनीमा काम गरेवापत मासिक तलब एक लाख ८० हजार कमाई हुने भन्दै मनिराम तिमल्सिनाबाट २ लाख ७० हजार रकम लिएर सम्पर्कविहीन भएपछि अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले उनलाई १२ गते काठमाण्डौ महानगरपालिका वडा नं. ०१ दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं प्रहरीले जनाएको छ ।